कांग्रेसका सबै सांसदले दसैंभत्ता फिर्ता गरौंः मिनेन्द्र रिजाल

कांग्रेसका सबै सांसदले दसैंभत्ता फिर्ता गरौंः मिनेन्द्र रिजाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले कांग्रेसका सबै सांसदले दसैं भत्तावापत लिएको रकम फिर्ता गर्न प्रस्ताव गरेका छन् ।

आइतबार सामाजिक सञ्जामार्फत सांसद रिजालले कोरोना भाइरसको महामारीका कारण उत्पन्न असहज परिस्थितिमा जनताका प्रतिनिधिले दसैंभत्ता लिनु उचित नहुने भन्दै यस्तो प्रस्ताव गरेका हुन् ।

उनले एक जना सांसदले मात्रै दसैंभत्ता फिर्ता गर्नुभन्दा पनि सामूहिक निर्णयबाट भत्ताफिर्ता गर्नुपर्ने बताएका छन् ।

‘दशैं भत्ता एक-एकजनाले फिर्ता गर्ने भनेर निर्णय सार्जजनिक गर्ने भन्दा संसदीय दलकैतर्फबाट नेपाली काङ्ग्रेसका सबै सांसदले फिर्ता गर्ने निर्णय गरौं’, उनले भने ।

त्यस्तै सांसद रिजालले उक्त रकम स्थानीय सरकारले खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने बताएका छन् ।

‘पैसा निकम्मा केन्द्रीय सरकारले भन्दा जनतामाझको स्थानीय सरकारले खर्च गर्ने व्यवस्था मिलाऔं । मैरो आग्रह यही हो, मेरो व्यक्तिगत निर्णय यही अनुरुप हुनेछ’, उनले भने ।