देउवाको विकल्प खोजेको छौँ, साझा उम्मेदवार बनाएरै छाड्छौँः मीनेन्द्र रिजाल

देउवाको विकल्प खोजेको छौँ, साझा उम्मेदवार बनाएरै छाड्छौँः मीनेन्द्र रिजाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले संस्थापनइतरबाट सभापतिको साझा उम्मेदवार बनाएरै छाड्ने दाबी गरेका छन् ।

बिहीबार बिहान सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संस्थापनइतर समूहबाट सभापति पदका लागि साझा उम्मेदवार बनाएरै छाड्ने बताए ।

‘हिजोको चाक्सीबारीको तिक्ततापछि झनै साझा उम्मेदवार बनाउनुपर्छ भन्ने भएको छ,’ उनले भने, ‘हामी हाम्रो समूहबाट साझा उम्मेदवार बनाएरै छाड्छौँ ।’

कांग्रेस नेतृत्वमा शेरबहादुर देउवाको विकल्प आवश्यक रहेको भन्दै उनले यसका लागि आफूहरू क्रियाशील रहेको बताए ।

‘कांग्रेस नेतृत्वमा देउवाको विकल्प खोजेको छौँ । उहाँको विकल्प चाहिन्छ भन्नेमा छौँ,’ डा रिजालले भने ।

कांग्रेस प्रतिस्पर्धाको पार्टी रहेकाले प्रतिस्पर्धामार्फत नै नेतृत्व चयन हुने उनको भनाइ छ । कांग्रेसको १४औँ महाधिवेशन शुक्रबारबाट काठमाडौंमा सुरू हुँदै छ ।