काठमाण्डु – नयाँ सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डा टुंगिएसँगै राष्ट्रपति कार्यालय शितलनिवासमा नयाँ मन्त्रीहरूलाई शपथ ग्रहण गराउने तयारी थालिएको छ ।
बुधबार साँझ नवनियुक्त मन्त्रीहरूको शपथका लागि शितलनिवासमा तयारी भइरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत सोमबार नेपाली कांग्रेसका मन्त्रीहरूलाई बर्खास्त गरेर नयाँ गठबन्धन बनाएपछि ३ जना मन्त्रीले शपथ लिएका थिए ।
नयाँ मन्त्रीहरूको शपथ बुधबार अपराह्न ५ बजे गर्ने तयारी रहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।




प्रतिक्रिया