काठमाण्डु – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्का थप २ मन्त्री नियुक्तिको टुंगो लगाएकी छन् ।
मन्त्रिपरिषद् विस्तारको तयारीअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा महाविर पुन र सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा सञ्चारकर्मी जगदीश खरेललाई नियुक्त गर्ने टुंगो लागेको छ ।
स्रोतका अनुसार अन्य मन्त्रीको नियुक्तिबारे प्रधानमन्त्री कार्की आन्तरिक छलफलमै रहेकी छन् ।




प्रतिक्रिया