माओवादीका नेताले पाएको सात मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

माओवादीका नेताले पाएको सात मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले पदमुक्त गरेका सात जना मन्त्रीले सम्हालेको मन्त्रालय प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतले पदमुक्त गरेका ७ मन्त्रीको जिम्मवारी प्रधानमन्त्री ओलीलाई दिएकी हुन्।

राष्ट्रपति कार्यालयका अनुसार सर्वोच्चले रिट निवेदनको टुंगो नलागेसम्म उनीहरुलाई मन्त्रीका हैसियतमा कामकारवाही गर्न नदिनु भनी अन्तरिम आदेश जारी भएको हुँदा प्रधानमन्त्री ओलीलाई मन्त्रालयको जिम्मा दिइएको हो ।

सांसद नरहे पनि दोस्रोपटक मन्त्री भएका गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह, खानेपानीमन्त्री मणिचन्द्र थापा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई प्रधानमन्त्री अ‍ोलीले मन्त्रीमा नियुक्त गरेका थिए ।