काठमाण्डु – मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ।
शुक्रबार बिहान मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच भेटवार्ता भएको हो ।
हालै ५ लाख आप्रवासी श्रमिक भित्र्याउने घोषणा गरेको मलेसियाले नेपालबाट के कसरी लैजान सकिन्छ भन्ने विषयमा छलफल भएको बताइएको छ।
मलेसियासँग नेपालले त्यहाँ रहेका श्रमिकको हक अधिकारका बारेमा पनि कुरा उठाएको छ। समान ज्याला,सामाजिक सुरक्षा, स्वास्थ्य उपचार लगायतका विषयमा गृहमन्त्री सैफुद्दिनसँग छलफल भएको हो।
मलेसियाली गृहमन्त्री नासुसनले आज उच्चस्तरीय भेटघाट गर्दैछन् । तीन दिने नेपाल भ्रमणका क्रममा बिहीबार साँझ आएका उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतलाई भेट्ने कार्यक्रम छ ।




प्रतिक्रिया