मंसिर २१ गते संघीय निर्वाचन घोषणा गर्ने तयारी हुँदैछ : मन्त्री चौधरी

मंसिर २१ गते संघीय निर्वाचन घोषणा गर्ने तयारी हुँदैछ : मन्त्री चौधरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघीय निर्वाचन घोषणा गर्ने तयारी गरेको बताएका छन् ।

मंगलवार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको घोषणा गर्ने गरि तयारी गरेको दावी गरेका हुन् । ‘निर्वाचन मैले ठ्याक्कै भन्न सक्दिनँ तर मंसिरको २१ गते हुने गरी आगामी संघ र प्रदेशको निर्वाचन घोषणा हुन्छ होला ’, उनले भने ।

मन्त्री चौधरीले मन्त्री पदमा रहेसम्म इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता समेत जनाए । ‘मन्त्री रहँदासम्म इमान्दार रूपमा काम गर्छु । अब पनि इमान्दार भइएन, मन्त्री नै इमान्दार भएन भने के हुन्छ ? त्यसैले सबै जना इमान्दार भएर काम गर्नुपर्छ । यो देश जोगाउनको लागि सबैले आफ्नो योगदान गरौं,’, उनले भने ।