काठमाण्डु- नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग भेट गरेका छन् ।
बिहीबार मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको छ । भेटमा राजदूत श्रीवास्तवले नेपाल–भारत रेल मार्गका बारेमा कुरा गरेका थिए । यस्तै उनले रेल सेवा सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक जनशक्तिलाई तालिम तथा प्रशिक्षण उपलव्ध गराउन भारत तयार रहेको समेत बताए ।
मन्त्री दाहालले नेपालको रेलवे तथा विकासका अन्य क्षेत्रमा भारतले पुर्याएको योगदानको प्रशंसा गरे । आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्ने समेत मन्त्री दाहालले बताए ।
भेटमा रेल विभागका महानिर्देशक अजयकुमार मुल, सडक विभागका महानिर्देशक रामहरी पोखरेल, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखाका प्रमुख सुशीलबाबु ढकासहित अन्य सहसचिवहरू पनि सहभागी थिए ।




प्रतिक्रिया