तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने मन्त्री पण्डितको चेतावनी


काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् । मन्त्री पण्डितले तोकिएको कार्यक्षेत्रमा नगएका कर्मचारीको रेकर्ड संकलनको काम सुरु भइसकेको समेत स्पष्ट पारे ।

कार्यक्षेत्रमा नजाने कर्मचारीहरुको रेकर्ड संकलन गर्न मातहतका निकायलाई निर्देशन दिइएको भन्दै मन्त्री पण्डितले कार्य क्षेत्रमा नजाने निजामति कर्मचारीहरुले लिँदै आएको सुविधा समेत खोस्ने चेतावनी दिएका छन् ।

मन्त्री पण्डितले भने, ‘म स्वास्थ्यबाट हिजैमात्र सामान्यमा आएँ । आउनसाथ एउटा पत्र पाएँ । जुन एकजना कर्मचारीको रहेछ । विदामा बसेर ती कर्मचारी विदेशमा जागिर खाने रहेछ । को रहेछ भनी सोधेको नेताकै नजिकका मान्छे रहेछन् ।’

पण्डितले ती कर्मचारीको परिचय भने खुलाएनन् । त्यस्ता कर्मचारीलाई नछाड्ने चेतावनी दिँदै उनले भने, ‘सूचना दिनेलाई मैले भने(ठीकै सूचना दिनुभयो । अब त्यस्तै मान्छेलाई ट्याम्का हान्ने पालो आएको छ । म ट्याम्का हान्न तयारी भएर आएको छु ।’

मन्त्री पण्डितले जनताको सेवामा समर्पित भएर कर्मचारीहरुले काम गर्ने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गर्दै मन्दिरमा जाने पुजारीले झैं पवित्र भावनाका साथ जनताको सेवा गर्न कर्मचारीहरुलाई निर्देशन दिए । निजामति कर्मचारी ऐनले व्यवस्था गरे अनुसार जनताको भावना र विश्वास जितेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री पण्डितले कार्यालय समयमा कर्मचारी संगठनका गतिविधिलाई निशेष गर्ने घोषणा पनि गरेका छन् । उनले कर्मचारी संगठनहरुको दवावमा कुनै पनि गतिविधि आफूले नगर्ने दृढता व्यक्त गर्दै नीति निर्माणका बेला कर्मचारी संगठनहरुबाट आवश्यक सुझाव भने इनिे बताए ।

कोही कसैको दवावमा सुरुवा, बढुवा गर्ने काम हुनै नसक्ने स्पष्ट पार्दै मन्त्री पण्डितले निजामति कर्मचारीलाई लामो विदामा बस्ने छुट समेत नभएको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement