काठमाण्डु- शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आइतबार पदबाट राजीनामा दिने भएकी छन् । आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएकी मन्त्री झाँक्रीले आजै मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सरकार छाड्ने बताएकी हुन् । झाँक्री निकट स्रोतका अनुसार कर्मचारीसँग बिदाइ कार्यक्रम पनि आजै राखिएको छ ।
नेकपा एकीकृत समाजवादीले २२ जेठमा मन्त्री फिर्ता बोलाएर नयाँ नेताहरुलाई सरकारमा पठाउने निर्णय गरेको थियो । त्यसका लागि नयाँ मन्त्रीहरूको नाम पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाई सकेका थिए । तर प्रधानमन्त्री देउवाले मन्त्री हेरफेर नगर्ने अडान लिएका थिए ।
आज अध्यक्ष नेपालले टेलिफोन मार्फत प्रधानमन्त्री देउवालाई मन्त्री हेरफेर नगरे सरकारबाट बाहिरिने चेतावनी दिएका थिए । त्यसपछि देउवा मन्त्री हेरफेर गर्न राजी भएका हुन् ।




प्रतिक्रिया