परियोजनाका काम तत्काल अघि बढाउन एडिबीलाई मन्त्री झाँक्रीको आग्रह

परियोजनाका काम तत्काल अघि बढाउन एडिबीलाई मन्त्री झाँक्रीको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहेपनि सीमित स्रोत साधनबाट काम काम गरिरहेको बताएका हुन् ।

शुक्रबार मन्त्रालयमा एसियाली विकास बैंक (एडिबी)का प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले मन्त्रालयलाई एडिबीबाट हुने सहयोगका योजना द्रुत गतिमा अघि बढाउन आग्रह गरे । उनले भने, हामीसँग समय सीमित छ, गर्नुपर्ने कामहरू धेरै छन् । सकेसम्म सीमित अवधिमा पनि धेरै काम गरौँ भन्ने पक्षमा छौँ । एडिबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम पनि छिटो होस हाम्रो चाहना छ ।’

मन्त्री झाँक्रीले राष्ट्रिय शहरी नीति परिमार्जन तथा शहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको बताउदै यसले संघीयता अनुसारका शहरीकरणका परियोजनामा सहकार्य गर्ने बाटो खोल्ने बताए । उनले नेपालमा लगानी गर्न सकिने थुप्रै क्षेत्र रहेको र सीमित स्रोत साधनको बाबजुध काम गरिरहेको बताए। विकास निर्माणको योजना जनताले धेरै काम गरिेहका छन्, हामीसँग सीमित बजेटले गर्दा धेरै काम गर्न सकिरहेका छैनौ, उनले भने ।

पूर्वाधार भइरहेको हाल भइरहेका काम र आगामी दिनमा सहकार्य गर्न सकिने लगानीको क्षेत्रको विषयमा मन्त्री झाँक्री र एडिबीका प्रतिनिधिबीच छलफल भएको हो । छलफलमा मनिलास्थित एडीबीका प्रतिनिधि केनिचि याकोयामाले मन्त्रालयसँग आफूहरू सधैं सहकार्य गर्न तयार रहेको बताउँदै नेपालले समयमै काम सक्नमा ध्यान दिनुपर्ने बताए ।

उनले शहरीकरणको गुजरात मोडल अनुसार अब बन्ने शहरीकरणका परियोजना बनाउन सुझाव दिए । हाल एडिबीको लगानीमा नेपालमा भइरहेका कामको समिक्षा र भविष्यमा लगानीको सहकार्य गर्न सकिने क्षेत्रबारे कार्यक्रममा छलफल भएको सहसचिव तथा मन्त्रालयका प्रवक्ता रवीन्द्र बोहराले जानकारी दिए ।

कार्यक्रममा शहरी विकास मन्त्री, एसियाली विकास बैंक एडिबीका मनिलास्थित केन्द्रीय कार्यालयका महानिर्देशकबीच नेपालमा एडीबीको लगानीमा भइरहेका कामहरूको समीक्षा र भविष्यमा कुन-कुन योजनामा सहकार्य गर्न सकिन्छ भन्नेबारे छलफल भएको हो ।

छलफलमा एडिबीका महानिर्देशक र नेपालस्थित एडिबीका प्रतिनिधि तथा शहरी विकास मन्त्रालयको तर्फबाट मन्त्री रामकुमारी झाँक्री, सचिव मणिराम गेलाल, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनाली,मन्त्रालयका सह-सचिव प्रकिर्ण तुलाधर, मन्त्रालयका प्रवक्ता रवीन्द्र बोहोरा लगायतको सहभागीता रहेको थियो ।