अर्थमन्त्री शर्मा र अमेरिकी राजदुतबीच भेटवार्ता, थप खाेप सहयाेग गर्ने अमेरिकाकाे प्रतिवद्धता

अर्थमन्त्री शर्मा र अमेरिकी राजदुतबीच भेटवार्ता, थप खाेप सहयाेग गर्ने अमेरिकाकाे प्रतिवद्धता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालका लागि अमेरिकी राजदुत यान्डी बेरीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलवार मन्त्रालयमा भएको भेटवार्तामा अर्थमन्त्री शर्माले भूकम्पछिको उद्धार र कोभिड महामारीको समयमा प्राप्त भएको अमेरिकी सहयोग अविश्मरणीय रहेको भन्दै सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरेका हुन् ।

उनले कोरोना भाइरस विरूद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरेका छन् । मन्त्री शर्माले अमेरिकी सरकारको सहयोगमा नेपालमा संचालित परियोजनाहरूको कार्यन्वयनमा अनुगमन गरी तदारूकता दिन सरकारले ध्यान पुर्‍याउने प्रतिवद्धता समेत व्यक्त गरे ।

राजदुत बेरीले कोरोना भाइरस विरूद्धको लडाईंमा अमेरिका नेपालको साथमा रहेको बताए । विगत ७० वर्षदेखि अमेरिकाले नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । कोभिड विरूद्धको खोप अभियानमा सघाउन अमेरिकाले १५ लाख डोज खोप प्रदान गरेको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्नेतर्फ सकारात्मक रहेको बताएका छन् ।