लेबनानमा नेपाली नागरिक सुरक्षित छन् : परराष्ट्र मन्त्रालय

लेबनानमा नेपाली नागरिक सुरक्षित छन् : परराष्ट्र मन्त्रालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल सरकारले लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ पूर्ण रूपमा सचेत रहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्तिमार्फत हालसम्म त्यहाँ रहेका नेपाली नागरिक सुरक्षित रहेका तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाएको छ ।

तत्कालै थप कुनै सहयोग आवश्यक परेमा लेबनानमा रहेका नेपाली नागरिक तथा उनीहरूका आफन्तले कायरोस्थित नेपाली राजदूतावास तथा नेपाल सरकार, परराष्ट्र मन्त्रालयको सम्पर्क ठेगाना सार्वजनिक गरेको छ ।

मन्त्रालयले दीपक घिमिरे, द्वितीय सचिव, नेपाली राजदूतावास, कायरोः २०१०९७७७२३४८, श्रीकृष्ण सिलवाल, शाखा अधिकृत, परराष्ट्र मन्त्रालयः ९७७९८४९१७९५२० लाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

लेबनानमा रहेका नेपालीको सूची अद्यावधिक तुल्याउने प्रयोजनका लागि नेपाली राजदूतावास, कायरोको वेबसाइटमार्फत आवश्यक विवरण उपलब्ध गराउन लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई अनुरोध गरिएको छ ।