जापानी सम्राटको राज्याभिषेक समारोह स्थगित भएको छैनः परराष्ट्र मन्त्रालय

जापानी सम्राटको राज्याभिषेक समारोह स्थगित भएको छैनः परराष्ट्र मन्त्रालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – जापानी सम्राट नारुहितोको राज्याभिषेक समारोहमा सहभागी हुन म्यानमार भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार जापान प्रस्थान गर्ने भएकी छन् । तर, सामाजिक सञ्‍जालमा सम्राट नारुहितोको राज्याभिषेक समारोह सारिएको भन्‍ने हल्लाप्रति नेपालस्थिति परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण भएको छ ।

परराष्ट्र मन्त्रालयले जापानी सम्राटको राज्याभिषेक समारोह स्थगित नभएको तर परेड स्थगित भएको जनाएको छ । सामाजिक सञ्जालमा अफवाह फैलिएपछि मन्त्रालयले भ्रम सिर्जना भएकाले परेडमात्र सरेको बताए ।

ट्विटरमा भनिएको छ, ‘जापानी सम्राटको Enthronement समारोह स्थगित भएको भनी सामाजिक सञ्‍जालमा आएका केही टिप्पणीले भ्रम सृजना भएको देखियो । Enthronement र त्यस्को अभिन्न भागको रूपमा हुने औपचारिक कार्यक्रम तोकिएको समयमै हुने कुरा जापान सरकारले पुष्टि गरेको छ। त्यसपछि हुने भनिएको परेडमात्र पछि सरेको हो ।’

जापानको कोयदो न्युजले पनि जापान सरकारले सम्राट नारुहितोको राज्याभिषेकपछि हुने परेड नोभेम्बर १० मा सारिएको जनाएको छ । कोयदोले भनेको छ,‘गत साताको भयानक टाइफूनले मानिसहरु निकै सकसपूर्ण अवस्थामा रहेकोले उक्त परेड सारिएको हो । जापान सरकारले शुक्रबार उक्त निर्णय गरेको हो ।’

कोयदोले राज्याभिषेक समारोह र ब्यांक्वेट भने तोकिएकै समय मंगलबार नै हुने उल्लेख गरेको छ ।

जापान भ्रमणको क्रममा राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्द र जापानका प्रधानमन्त्री शिन्जो अबेसँग पनि भेटवार्ता गर्नेछन् ।

राष्ट्रपति भण्डारी जापानका लागि नेपालका राजदूत प्रतिभा राणा र गैरआवासीय नेपाली संघले आयोजना गर्ने स्वागत कार्यक्रममा पनि भाग लिने परराष्ट्र मन्त्राललयले जनाएको छ । उनी आगामी बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।