कृषि मन्त्रालयको बजेट २५ अर्ब २४ करोड प्रस्ताव

कृषि मन्त्रालयको बजेट २५ अर्ब २४ करोड प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ—कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि २५ अर्ब २४ करोड लाख रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ।

कृषि मन्त्रालयले तोकिएको सिलिङभित्र रहेर आगामी आर्थिक वर्षका कार्यक्रम तयार गरी बजेट प्रस्ताव अर्थ मन्त्रालयसमक्ष पेश गरिएको हो।

मन्त्री चक्रपाणि खनालका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि चार अर्ब १७ करोड, तीनवटा नमुना कृषि फार्म स्थापनाका लागि नौ करोड, चारवटा कृषि उपज भण्डारण घर निर्माणका लागि आठ करोड, चुरे क्षेत्रमा सघन फलफूल विकास कार्यक्रमका लागि पाँच करोड, काभ्रेमा एउटा क्यानिङ तथा प्याकेजिङ उद्योग स्थापनाका लागि चार करोड तथा सुनसरीमा एउटा कृषि बजार स्थापनाका लागि एक करोड प्रस्ताव गरिएको छ ।

चालू आर्थिक वर्ष २०७५÷०७६ का लागि वर्षमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका लागि ४० अर्ब १४ करोड रुपियाँ विनियोजन भएको थियो।