६ सहसचिवको जिम्मेवारी हेरफेर

६ सहसचिवको जिम्मेवारी हेरफेर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अर्थ मन्त्रालयले ६ जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । जिम्मेवारी हेरफेर हुनेमा सहसचिवहरु क्रमशः महेश आचार्य, राजेश्वर ज्ञवाली, शम्भु प्रसाद मरासिनी, महेश बराल, अमृत लम्साल र पार्वती शर्मा रहेका छन् ।

प्रशासन महाशाखाको जिम्मेवारी आचार्यलाई दिइएको छ भने राजेश्वर ज्ञवालीलाई महालेखा नियन्त्रकको कार्यालयमा पठाइएको छ । त्यसैगरी महालेखा नियन्त्रकको कार्यालयका शम्भु प्रसाद मरासिनीलाई भन्सार जाँच पास परीक्षण कार्यालयको प्रमुख भन्सार परीक्षण प्रशासकमा पठाइएको छ भने सहसचिव महेश बराललाई कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिको जिम्मेवारी दिइएको छ।

मन्त्रालयका अनुसार सहसचिव अमृत लम्साललाई बबरमहलस्थित मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासकमा र पार्वती शर्मालाई आन्तरिक राजश्व विभागको उपमहानिर्देशकमा पठाइएको छ ।