अमेरिकाको नाम उल्लेख नगरी नेपालले भन्यो– भेनेजुयलाको समस्या बाह्य हस्तक्षेपबिना समाधान हुनुपर्छ

अमेरिकाको नाम उल्लेख नगरी नेपालले भन्यो– भेनेजुयलाको समस्या बाह्य हस्तक्षेपबिना समाधान हुनुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल सरकारले भनेजुयलामा देखिएको राजनीतिक समस्याबारे औपचारिक धारणा सार्वजनिक गरेको छ।

सत्तारुढ दल नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विज्ञप्ति पश्चात कूटनीतिक रुपमा केही समस्या आएको टिकाटिप्पणी भइरहेका बेला  परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी त्यहाँको समस्याको समाधान बाह्य हस्तक्षेपविना हुनुपर्ने बताएको हो।

नेपालले कुनै पनि देशको आन्तरिक राजनीतिक समस्या त्यही देशको संवैधानिक प्रावधान अनुसार प्रजातान्त्रिक माध्यम र बाह्य हस्तक्षेप विना समाधान हुनुपर्ने समेत स्पष्ट पारेको छ।

नेपालले भेनेजुएलाको समस्या समाधान गर्ने अन्तिम निर्णय त्यहाँकै जनताको हातमा रहेको बताएको छ। विज्ञप्तिमा भनिएको छ, ‘देशको राजनीतिक र संवैधानिक विषयमा अन्तिम निर्णय गर्ने अधिकार भेनेजुयलाका नागरिकसँगै छ।’

भेनेजुएलाको राष्ट्रियसभामा विपक्षी नेता हुवान गुवाइदोले गत बुधबार सरकारविरोधी एक प्रदर्शन क्रममा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए। त्यसको केही घन्टा नबित्दै शक्ति राष्ट्र अमेरिकाले हुवानलाई राष्ट्रपतिको वैधानिकता दिएको थियो।

प्रचण्डले भेनेजुयलामाथि अमेरिकाले हस्तक्षेप गरेको र त्यो स्वीकार्य नहुुने भन्दै विरोध जनाएपछि अमेरिकाले नेपाल सरकारको आधिकारिक धारणा माग गरेको थियो। र, नेपालले अमेरिकाको नाम नलिइ मध्यमार्गी बाटो अपनाएर विज्ञप्ति जारी गरेको छ।