‘संविधान संशोधन गर्न सकिँदैन भने प्रधानमन्त्रीले राजीनामा दिए हुन्छ’

‘संविधान संशोधन गर्न सकिँदैन भने प्रधानमन्त्रीले राजीनामा दिए हुन्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेनजी अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूको कुरा सुन्न नचाहेको गुनासो गरेका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारनजिकै प्रदर्शन गर्ने क्रममा उनले जेनजीहरूले देशमा स्थिरता र सुशासनको माग राखेको भन्दै यो कुरा प्रधानमन्त्रीले सुन्न नचाहेको बताए ।

उनले भने, ‘देशको अवस्था स्थिर होस् र देशमा सुशासन होस् भन्ने कुराको माग गरेको देशको प्रधानमन्त्री सुशीला कार्कीज्यूले हाम्रो कुरा सुन्नै चाहनुभएन, उहाँलाई चुनाव नै अनिवार्य हो जस्तो लागेको छ, तर त्यो होइन । हाम्रो कुरा भनेको अर्थपूर्ण चुनाव तब हुन्छ, जब हाम्रो मागहरू संविधान संशोधन गरेर पूरा गरिन्छ । त्यसो भएन भने फेरि आउने अवस्था यस्तै हो ।’

प्रधानमन्त्रीलाई संविधान संशोधन गर्न नसक्ने हो भने राजीनामा दिन पनि आग्रह गरेका उनले छन् । उनले भने, ‘आन्दोलनको मर्म बुझ्नुभएको छ, ७६ जनाको मृत्यु भएको कुरा पनि बुझ्नुभएको छ भने माग सुन्नु अहिले पनि ढिला भएको छैन । यदि सक्नु हुँदैन, संविधान संशोधन गर्न सक्नु हुँदैन भने तपाईं राजीनामा दिनु, तपाईं घोडा टेक्नु हामी के गर्नुपर्ने हो त्यसपछि गर्छौं ।’