काठमाण्डु – जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाको नेतृत्वमा आवद्ध युवाहरूले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई अपदस्त गरेर सर्वपक्षीय सरकार बनाउन माग गरेका छन् ।
शनिबार ललितपुरको झम्सिखेलमा बसेको १०० जनाभन्दा बढी जेनजी र आन्दोलनमा सहभागी घाइते, सहिद परिवार सहितको बैठकले आन्दोलन संस्थागत गर्न मिराज ढुङ्गानालाई संयोजक तोकेको छ ।
बैठकले कार्यकारी समिति विस्तारका लागि मिरज ढुगांना, अजय सोडारी र सुनिल सिंहलाई जिम्मेवारी दिएको छ । सल्लाहकार संयोजकमा हरिश भट्ट चयन भएका छन् ।
वर्तमान सरकारले आन्दोलनको भावना अनुरूप काम नगरेको ढुंगाना समूहको आरोप छ । प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनविरुद्ध नै षड्यन्त्र गरिरहेको आरोप लगाइएको छ ।
सर्वपक्षीय सहमति, सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन/संशोधनको निम्ति संयुक्त जेनजी आन्दोलन समितिले आईतबार दिउँसो १ बजे काठमाण्डुको डिल्लीबजारमा बृहत् पत्रकार सम्मेलन आयोजना गरेको छ ।




प्रतिक्रिया