मिराज समूहलाई सिंहदरबार प्रवेशमा रोक

मिराज समूहलाई सिंहदरबार प्रवेशमा रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेनजी अगुवा मिराज ढुङ्गानासहित केही युवाहरूको समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ ।

ढुङ्गानासहित युवाहरूको समूहदे प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको हो।

प्रहरीले उनीहरूलाई पक्राउ नगरी निषेधित क्षेत्रबाट बाहिर पठाएको छ । उनीहरू प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाउन जाँदै थिए ।

जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता पवनकुमार भट्टराईले प्रधानमन्त्रीसँग भेट्न आएको उक्त समूहलाई निषेधित क्षेत्रभन्दा बाहिर नै राखिएको र हालसम्म कसैलाई पनि पक्राउ नगरिएको जानकारी दिए।

प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठले जेनजीका नाममा आफ्ना परिवारका सदस्यलाई जागिर खुवाएको विषयमा प्रकाशित समाचारको विषयमा ध्यानाकर्षणपत्र बुझाउन गाएका जेनजी समूहले प्रधानमन्त्रीलाई भेट्न नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमै होहल्ला गरेका थिए। 

यसबीच प्रधानमन्त्री कार्कीले ज्ञापन पत्र बुझ्ने समय नदिएको भन्दै उनीहरूले प्रदर्शन गरेका छन् ।

आइतबार बैठक बसेर सोमबारबाट निरन्तर आन्दोलनमा जाने बताएको यो समूहले मंगलबार टाउकोमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।

सोमबार पनि सिंहदरबार गेटअगाडि पुगेर प्रधानमन्त्री भेट्न नपाएपछि उनीहरूले प्रधानमन्त्रीलाई बुझाउने भनिएको ज्ञापन पत्र गेटमै टाँसेका थिए ।