रवीन्द्र मिश्रको प्रश्न -एनजिओ कार्यक्रमका पाहुनालाई सरकारको यति ठूलो संलग्नता किन?

रवीन्द्र मिश्रको प्रश्न -एनजिओ कार्यक्रमका पाहुनालाई सरकारको यति ठूलो संलग्नता किन?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबारदेखि काठमाडौंमा सुरु हुने एशिया प्यासिफिक सम्मेलनमा सरकारको सहभागिता र विदेशी पाहुनाका स्वागतमा सरकारको उपस्थितिलाई लिएर विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सरकारको कूटनीतिक मर्यादामाथि प्रश्न उठाएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले एनजिओको कार्यक्रममा आएका पाहुनाको स्वागतमा उपप्रधानमन्त्री नै सहभागी भएको सरकारले कूटनीतिक मर्यादा नाघेको उल्लेख गरेका छन् ।

‘गैरसरकारी संस्थाको निम्तामा आएका प्रधानमन्त्री सरहका नेताको विमानस्थलमा उपप्रधानमन्त्री स्वयंद्वारा स्वागत, यो कस्तो कूटनीतिक मर्यादा हो ?’, उनले ट्वीट भनेका छन् ‘ईशाइ धर्म प्रचारक भनिएको संस्थाको कार्यक्रममा सरकारकै यति ठूलो संलग्नता किन, कसरी ?’

उनले गैरसरकारी संस्थाको कार्यक्रममा आएका पाहुनाका कारण जनताले सस्ती खेप्नुपरेको पनि उल्लेख गरेका छन् । सरकारले सम्मेलनमा सहभागी हुने पाहुनाको सुरक्षा र सवारीलाई मध्यजनर राखेर चार दिन उपत्यकाका सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरे पनि त्यसको सर्वत विरोध भएपछि शुक्रबार मध्यान्हबाट फिर्ता गरेको छ ।