१४ प्रतिस्पर्धीलाई पछि पार्दै कृषा बनिन् १५औं ‘मिस नेवाः नेपाल’

१४ प्रतिस्पर्धीलाई पछि पार्दै कृषा बनिन् १५औं ‘मिस नेवाः नेपाल’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – डल्लुकी कृषा महर्जन नयाँ नेवार सुन्दरी चुनिएकी छन् ।

नेप्लिज फेसन होमद्वारा शनिबार आयोजित नेवार युवतीबीचको एक मात्र राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’ मा कृषाले आफ्ना १४ प्रतिस्पर्धीलाई पछाडि पार्दै १५औं मिस नेवाः नेपाल ११४१ को ताज चुम्न सफल बनेकी हुन् ।

उनले एक लाख रुपैयाँ पनि प्राप्त गरेकी छन् । त्यससँगै उनले ‘वेष्ट नेपालभाषा’ उपाधिसमेत जित्न सफल भएकी थिइन् ।

नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको सो प्रतियोगितामा ललितपुरकी प्रिया तण्डुकार फष्ट रनर अप र कलङ्की काठमाण्डुकी कृष्टिना महर्जन सेकेण्ड रनर अप बनेकी थिइन् ।

उनीहरुले उपाधिबापत क्रमशः २५ हजार र १५ हजार प्राप्त गरेका छन् ।