काठमाण्डु – प्रिन्सेस मल्लले ‘मिस टिन अर्थ २०२५’ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन्। यो प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता भारतको जयपुरमा आउँदो अगस्ट ३ देखि ९ सम्म हुँदैछ।
‘एस अफ मोडेल्स अन फायर’ नामक नेपालको अग्रणी मोडलिङ प्रतियोगिताको विजेता बनेर १९ वर्षीया प्रिन्सेसले यो अवसर प्राप्त गरेकी हुन्। उनले आफ्नो प्रतिभा र कडा परिश्रमले यो उपाधि जितेकी थिइन्।
उनले क्याप्चर फोटोग्राफी नेपालको तर्फबाट नेपालको प्रतिनिधित्व गर्नेछिन्। यो संस्था पविन्द्र श्रेष्ठद्वारा स्थापित र निर्देशित छ, जसले नेपालमा सौन्दर्य प्रतियोगिता र मोडलिङ कार्यक्रम आयोजना गर्दै आएको छ।
प्रिन्सेसको कोरियोग्राफी र स्टेज तालिमको जिम्मेवारी अजय गुरुङ र रोहन श्रेष्ठले सम्हालेका छन्।




प्रतिक्रिया