काठमाण्डु – मिस युनिभर्स नेपाल २०२५ को फिनाले बुधबार हुँदैछ । काठमाण्डुको रोएल टुलिप होटलमा दिउँसो ४ बजेदेखि सुरु हुने फिनालेमा १४ जना सुन्दरीले प्रतिस्पर्धा गर्दैछन्।
प्रतिस्पर्धामा सान्या अधिकारी, प्रतीक्षा अधिकारी, निर्जला न्यौपाने, इशा राई, आरोही बस्नेत, लिसा बर्नावल, सुयसा सिंहराज, शिखा पराजुली, सरस्वती राई, वर्षा कँडेल, ज्योती थापा, अलिना एरी, एन्जल डंगोल र सोनालिसा ढुंगाना छन् ।
ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा हुँदै आएको मिस युनिभर्स नेपालको फिनालेको तयारी पूरा भएको राष्ट्रिय निर्देशक संगीता पुरीले जानकारी दिइन्। पुरीका अनुसार गत वर्षभन्दा यस वर्ष युवतीहरूको सहभागीता राम्रो छ ।
यसपटक मिस युनिभर्स नेपालका लागि धेरै मापदण्डहरू खुकुलो पारेको उनले जानकारी दिएकी थिइन्। कुनै उचाई, तौल, वर्गको आधारमा मापदण्ड नराखिएको पनि उनले बताइन् ।
यस वर्षबाट मिस युनिभर्स नेपाल रियालिटी शोको रूपमा पनि रहेको थियो। युट्युबमा सार्वजनिक रियालिटी शोको विभिन्न ६ एपिसोडमा प्रतिस्पर्धीहरूले कल्चरल फोटोसुट, किचेन च्यालेन्ज, रनवे च्यालेन्जलगायतमा प्रतिस्पर्धा गरिएको मिस युनिर्भ नेपालकी अध्यक्ष साबी पुरीले जानकारी दिइन्। पेजेन्टको कोरियोग्राफरको रूपमा दिक्पाल कार्की रहेका छन्।




प्रतिक्रिया