‘मिस वर्ल्ड २०१९’ काठमाडौं आईपुगिन्


काठमाडौं – ‘मिस वर्ल्ड २०१९’ टोनी एन सिंह नेपाल आएकी छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको निमन्त्रणामा टोनी तीन दिने लामो भ्रमणका लागि उनी बिहिबार काठमाडौं आइपुगेकी हुन् ।

उनलाई मिस नेपाल २०१९ अनुस्का श्रेष्ठ लगायतले स्वागत गरे । उनको सिन्धुपाल्चोकदेखि मकवानपुरसम्मको यात्रा तय भएको छ । टोनी शुक्रवार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माणाधिण हिमालयन ग्रेट ट्रेल अवलोकनका लागि पुग्नेछिन् ।

टोनीले हेलम्बुकै सोस्लिङमा रहेको मिस नेपाल अनुस्काको प्रोजेक्टसमेत अवलोकन गर्नेछिन् भने अघिल्लो वर्षकी मिस नेपाल श्रृखंला खतिवडाको प्रोजेक्ट समेत अवलोकल गर्न मकवानपुर पुग्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement