ट्रेकिङ गर्न नेपाल आएका ब्रिटेनका पर्यटक सम्पर्कविहीन

ट्रेकिङ गर्न नेपाल आएका ब्रिटेनका पर्यटक सम्पर्कविहीन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा ट्रेकिङ गर्न आएका ब्रिटेनका एक पर्यटक सम्पर्कविहीन भएका छन् । बेलायतका जेम्स ग्रिफिन २ नोभेम्बरदेखि सम्पर्कविहीन भएका हुन् ।

उनी सगरमाथा ट्रेकिङ क्षेत्रबाट सम्पर्कविहीन भएको ट्रेकिङ एजेन्सिज एसोसियन अफ नेपाल (टान)ले जनाएको छ । उनको पासपोर्ट नम्बर ५३६५३८४५२ हो । उनी २९ अक्टुबरमा नेपाल आएका थिए ।

टानले जेम्सलाई फेला पार्नासाथ सूचना दिन आफ्ना सदस्यहरु र गाइडहरुलाई अनुरोध गरेको छ ।