एक महिनादेखी बेपत्ता दम्पतीको शव भेटियो

एक महिनादेखी बेपत्ता दम्पतीको शव भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एक महिनादेखी बेपत्ता महोत्तरीका एक दम्पतीको शव फेला परेको छ ।

गत फागुन १० गते घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित बेपत्ता भएका महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झाको शव पिपरा –२मा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको शव पाँच फिट तल गाडिएको अवस्थामा फेला पारेको हो । प्रदेश नम्बर दुई प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक धिरज प्रताप सिंहले शवलाई चाँडै कुवाउनका लागि नुन हालेको बताए ।

प्रहरीले उनीहरुको हत्या आरोपमा चार जनालाई पक्राउ गरेको छ । अपहरण र हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।