महोत्तरीबाट बेपत्ता सात जना बालिका भारतमा भेटिए

महोत्तरीबाट बेपत्ता सात जना बालिका भारतमा भेटिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महोत्तरी भंगाहा नगरपालिका–८ धरमपुपरका सात जना बालिका भारतमा फेला परेका छन् ।

मंगलबार बिहान घाँस काट्न नजिकैको जंगलमा गएका सात जना बालिका बेपत्ता भएका थिए । बेपत्ता सातै जना बालिका भारतको सीतामाढीमा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहको टोलीलाई सीतामाढी पठाइएको महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिए । उनीहरुलाई नेपाल ल्याउने प्रयास भइरहेको भंगहा नगरपालिकाका मेयर सञ्जीव साहले जानकारी दिए ।

बेपत्ता हुनेहरुमा ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान रहेका छन् । प्रहरीले घटनाको विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ ।