‘मिसन मज्नु’ बाट बलिउडमा डेब्यु गर्दै साउथ स्टार रश्मिका मन्दाना


एजेन्सी – साउथ फिल्मकी चर्चित अभिनेत्री रश्मिका मन्दानाले बलिउडमा डेब्यु गर्ने भएकी छन् ।

नेसनल क्रसका रुपमा पनि परिचित अभिनेत्री रश्मिका मन्दानाले कन्नड, तमिल र तेलुगु चलचित्रमा पनि काम गरेकी छिन् ।

सन् २०१६ मा कन्नड चलचित्रबाट डेब्यु गरेकी २४ वर्षीया रश्मिकाले फिल्म ‘मिसन मज्नु’ बाट बलिउडमा पाइला टेक्ने भएकी हुन् ।

जसमा उनी बलिउड अभिनेता सिद्धार्थ मल्होत्रासँग जोडी बनेर आउँदै छिन् । सिद्धार्थले चलचित्रको फर्स्ट लुक पोस्टर सामाजिक सन्जालमा सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् ।

चलचित्रको पोस्टर सेयर गर्दै सिद्धार्थ लेख्छन्, ‘दुश्मनको सीमामा गएर हाम्रा इन्टेलिजेन्स एजेन्सीले निकै खतरनाक अपरेसन गरे ! मिसन मज्नुको फर्स्ट लुक पेस गरेको छु ।’

यो भारतको ७० दशकको सबैभन्दा महत्त्वाकांक्षी गुप्त अपरेसनमा आधारित चलचित्र हो

प्रतिक्रिया दिनुहोस
Advertisement