मिस टिन कलेज र कलेज हेन्डसमको अडिसन हेर्नुहोस् फोटोमा

मिस टिन कलेज र कलेज हेन्डसमको अडिसन हेर्नुहोस् फोटोमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सिजन मिडियाद्वारा आयोजना गरेको छैटौं मिस टिन कलेज र दशौ वर्षको उपलक्ष्यमा पहिलो पटक आयोजना गरिएको कलेज हेन्डसम कार्यक्रमको पहिलो अडिसन शनिबार कमलादीमा सम्पन्न भएको छ।

पहिलो छनौट प्रक्रियावाट काठमाडौंमा रहेर दश जोड दुईमा अध्ययनरत छात्रछात्राहरु सहभागी भएका थिए। अडिसनवाट २० जना मिस टिनको लागि र २० जना कलेज हेन्डसमको लागि छनौट गरिएको संस्थाका अध्यक्ष प्रदिपराज वन्तले जानकारी दिए।

छनाेट कार्यक्रममा अफिसियल कोरीयोग्राफर रोजिन शाक्य , एयरक्राफ्ट इन्जिनियर रन्जीत जैशवाल ,प्रि व्रिटिस हेल्थ क्लवका अध्यक्ष कमल लिम्वु ,सिम्रिक एयरलाइन्सकी चिफ क्याविन क्रु अस्मिता खनाल, जुम्वा प्रशिक्षक सोनाम केसी समेतको सुहभागिता रहेको थियो ।

उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगिहरुलाई भाद्र ५ गतेवाट प्रशिक्षणमा सहभागी गराइने अध्यक्ष वन्तले जानकारी दिए ।

कार्यक्रममा विभिन्न तालिमहरु व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, स्टेज प्रर्फमेन्स,मिडिया सम्वन्धी जानकारी ,ट्राफिक नियम सम्वन्धी जानकारीका साथै सामाजिक सेवा अन्र्तगत वागमति सफाई कायक्रममा सहभागी गराइने ,रक्तदान कार्यक्रम सन्चालन गर्ने तथा विभिन्न सामाजिक संघसस्थाको भ्रमण साथै अन्य विभिन्न आन्तरिक प्रतियोगीतात्मक कार्यक्रमहरु पनि समावेश गरिने छ । जसले गर्दा प्रतियोगीहरुमा ज्ञान तथा सिपको विकास हुनेछ ।

प्रतियोगिताका विजेताहरुले उच्च शिक्षाको लागि छात्रावृत्ति साथैे दुवै प्रतियोगीताका विजेताले थाइल्याड भ्रमणको टिकट, मोवाइलफोन,अस्टेलिया अध्ययनको लागि छात्रावृत्ति,निशुल्क टोफल आएल्स, म्यूजिक भिडयो तथा मोडलिङ विधामा सहयोग गरिने छ भने अन्य विभिन्न गिफ्टहयाम्पर पाउने छन । यस बाहेक अन्य विभिन्न १५ विधामा पनि विजेता छनौट गरिनेछ ।