सामाजिक सञ्जालको दुरुपयोगले अपराध बढ्यो, नियन्त्रण गरौंः शान्ता चौधरी

सामाजिक सञ्जालको दुरुपयोगले अपराध बढ्यो, नियन्त्रण गरौंः शान्ता चौधरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी संसदीय दलकी सचेतक शान्ता चौधरीले सामाजिक सञ्जालको कारण समाजमा अपराध र विकृति दिनप्रतिदिन बढ्न थालेको बताएकी छन् । सामाजिक सञ्जालमार्फक सांसद चौधरीले पछिल्लो दिनमा सामाजिक सञ्जाल दुरुपयोगका कारण अपराधका घटना बढ्दै गएको भन्दै यसलाई बेलैमा नियन्त्रण गर्नुपर्ने बताएकी हुन् ।

सांसद चौधरीले सामाजिक सञ्जालको दुरुपयोगले पारीवारिक सम्बन्ध ध्वस्त हुने, नयाँ पुस्ताको भविष्य बर्बाद हुने र अपराधजन्य क्रियाकलापमा बढावा देखिने अवस्थाले समाजलाई भयावह अवस्थातर्फ लगेको बताउँदै सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्न र दुरुपयोगलाई नियन्त्रण गर्न आग्रह गरेकी छन् ।

उनले लेखेकी छन्, ‘सामाजिक सञ्जालको सहि सदुपयोग नहुँदा दिनप्रति दिन धेरै विकृति बढ्दै जान थाल्यो । यसका सकारात्मक भन्दा नकारात्मक प्रभाव बढी पर्न थाल्यो । पारिवारिक सम्बन्ध ध्वस्त बनाउने , नयाँ पुस्ताको भविष्य बर्बाद बन्ने , अपराधजन्य कृयाकलापले समाजलाई कुरुप बनाउने , अध्ययनशिला र सृजनशिलतालाई समाप्त पारिदिने जस्ता समस्याहरु देखियो । त्यसैले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गरौं, दुरुपयोगलाई नियन्त्रण गरौं ।’