काठमाण्डु – नेकपा माओवादी केन्द्र तेह्रथुमले जिल्लाका ६ वटै पालिकामा पार्टी प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । ११ असोजमा आठराई गाउँपालिकाबाट केन्द्रले प्रशिक्षण सुरु गरेको हो ।
जिल्लाको ४ गाउँपालिका र १ नगरपालिकामा कार्यक्रम सम्पन्न गरिसकेको जनाइएको छ । शनिबार लालीगुराँस नगरपालिकामा सञ्चालन भइरहेको छ ।
पार्टी सुदृढिकरणका साथै सदस्यता नवीकरण लगायतको विषयमा प्रशिक्षण गराइएको थियो । पार्टीका सदस्यले असोज मसान्तसम्म सदस्यता नवीकरण गरि सक्नुपर्ने समय छ ।




प्रतिक्रिया