थामेमा मोबाइल सेवा अवरुद्ध

थामेमा मोबाइल सेवा अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-हिमताल फुटेपछि बाढीको चपेटामा परेको सोलुखुम्बु जिल्लाको थामेमा नेपाल टेलिकमको मोवाइल सेवा स्थापित भएको छ ।

बाढीले गर्दा खुम्बु बिजुली कम्पनीमा समस्या आएको कारण विद्युत सेवा अवरुद्ध हुन गई उक्त क्षेत्र लगायत नाम्चे, खुमजुंग, पानी ट्यांकीका बीटीएस टावरहरु बन्द भएकोमा नेपाल टेलिकमले उक्त टावरहरु सञ्चालन गरी हाल टेलिफोन सेवा सुचारु गरिसकेको हो ।
हाल नाम्चे, खुमजुंग, पानी ट्यांकी, फोट्से लगायत क्षेत्रका बीटीएस टावरहरु सुचारु भई उक्त क्षेत्रमा मोवाइल सेवा स्थापित भैसकेको टेलिकमले जानकारी गराएको हो ।

यसअघि आइतबार नै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए ।