नेताले छानेर कर्मचारी माग्दा मन्त्री मोदी हैरान, संघीय निजामती विधेयक चाँडै पास गर्न प्रस्ताव

नेताले छानेर कर्मचारी माग्दा मन्त्री मोदी हैरान, संघीय निजामती विधेयक चाँडै पास गर्न प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघ र प्रदेशका मन्त्री र स्थानीय तहका प्रमुखहरूले अनुकुल कर्मचारी माग्ने कामले मन्त्रालयमा भीड बढेको बताएका छन्।

बधबार प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्त्वका विषयमा आफ्ना कुरा राख्दै उनले सबैले अनुकुल कर्मचारी खोज्दा आफूलाई हैरानी बढेको बताएका हुन्।

“एउटा मेयर आउनुहुन्छ, मलाई कर्मचारी चाहियो भन्नुहुन्छ । कर्मचारी पठायो, अर्को साथी आउनुहुन्छ र मलाई नसोधी किन पठाएको भन्नुहुन्छ । त्यहाँको प्रतिनिधिसभाको सांसद म हो भन्नुहुन्छ”, मन्त्री मोदीले संसद्मा भने, “सङ्घीय मामिला मन्त्रालयमा मन्त्रालयमा दैनिक रुपमा भीड हुन्छ । स्थानीय तहमा मात्र होइन सङ्घीय मन्त्रालय र प्रदेशहरुले पनि आफू अनुकूलका कर्मचारी मात्रै चाहियो भन्नुहुन्छ ।”

मन्त्री र मेयर उपमेयरको अनूकुल पर्नेगरि कमृचारी खटाउँदा जम्मा २ हजार मात्रै खटाउन सकिने बताउदै उनले संघमा रहेका ५३ हजार कर्मचारीमध्ये ५१ हजार कर्मचारी कहाँ पठाउने ? भन्दै उनले प्रश्न गरे।

आफूले मन्त्रालय सम्हाल्दा ७ सय ५३ स्थानीय तहमा २४१ ठाउँमा कार्यकारी अधिकृतविहीन रहेको उनले बताए । त्यहाँ निमित्तले चलाइरहेको बताउँदै अहिले थप ६० वटामा कार्यकारी अधिकृत पठाएको मन्त्री मोदीले जानकारी दिए ।

यस्तै मन्त्री मोदीलेसंघीय निजामती सेवा विधेयक सबैको जित हुने गरी पास गर्ने प्रस्ताव गरे। सबै पक्षले सबै कुरा एकैपटक प्राप्त गर्न खोज्दा ७ वर्ष सम्म ऐन बन्न नसकेको बताउदै मोदीले ऐन बनाउन सके संघीयता कार्यान्वयनसँग जोडिएका र देखिएका आधा समस्या समाधान हुने मन्त्री मोदीले विश्वास व्यक्त गरेका छन् ।

संघीय निजामती विधेयक संघीय मामिला मन्त्रालयले तयार पारेर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाइएको उनले जानकारी दिए। आफू संघीय संसदको चालू अधिवेशनमै दर्ता गर्ने प्रयासमा रहेको पनि संघीय मामिला मन्त्री मोदीले बताए।