भारतमा मोदीको उत्तराधिकारी को ?

भारतमा मोदीको उत्तराधिकारी को ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालको अन्तिम चरणमा सरकार चलाइरहेका छन् । आगामी वर्ष भारतमा लोकसभा चुनाव हुँदैछ ।

यतिबेला मोदी ७२ वर्षका भए । भारतीय जनता पार्टी (भाजपा) मा ७५ वर्षपछि चुनाव लड्न नपाइने अभ्यास रहेको छ । ७५ वर्ष पुगेका नेतालाई मार्गदर्शक मण्डलमा राखिन्छ ।

७५ वर्ष पुगिनसकेकाले आगामी चुनाव मोदीकै नेतृत्वमा हुने भाजपा नेताहरूले बताउने गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसपछिको अर्काे चुनावमा भाजपाले नयाँ अनुहार खोज्नुपर्ने भएको छ ।

मोदीको उत्तराधिकारी को होला ? यस प्रश्नमा सर्वे गरिएको छ । भारतीय टेलिभिजन आजतकका अनुसार सर्वेका क्रममा ४ विकल्प दिइएको थियो । विकल्प थिए – १. अमित शाह २. योगी आदित्यनाथ ३. नितिन गडकरी ४. अन्य ।

सर्वेका क्रममा ५४३ लोकसभा क्षेत्रका २५ हजार ९५१ जनालाई प्रश्न सोधिएको थियो ।

जवाफका आधारमा विश्लेषण गर्दा विकल्पमध्ये अमित शाहलाई २९%, योगी आदित्यनाथलाई २६% र नितिन गडकरीलाई १५% ले रोजेका छन् भने बाँकीले अन्य विकल्प रोजेका छन् ।