धारा ३७० हटाउने सर्वोच्चको फैसला ऐतिहासिक: मोदी


एजेन्सी- जम्मू कश्मीरबाट धारा ३७० हटाउने सर्वोच्च अदालतको फैसलाको प्रशंसा गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले यो ऐतिहासिक निर्णय भएको बताएका छन् ।

प्रधानमन्त्री मोदीले सामाजिक प्लेटफर्म एक्समा लेखेका छन्, “अनुच्छेद ३७० खारेज गर्ने सर्वोच्च अदालतको आजको फैसला ऐतिहासिक छ। अदालतले ५ अगस्त २०१९ मा भारतको संसदले गरेको निर्णयलाई संवैधानिक रूपमा समर्थन गरेको छ। यो जम्मू, कश्मीर र लद्दाखका हाम्रा दिदीबहिनी र दाजुभाइहरूका लागि आशा, प्रगति र एकताको अद्भुत घोषणा हो।”

त्यस्तै उनले अदालतले गरेकाे फैसलाकाे भारतीयहरूले सबैभन्दा माथि राख्ने बताए । “अदालतले आफ्नो गहिरो ज्ञानको साथ, एकताको सारलाई बलियो बनाएको छ जुन हामी भारतीयहरूले सबैभन्दा माथि राख्छौं। म जम्मू कश्मीर र लद्दाखका जनतालाई आश्वस्त पार्न चाहन्छु कि तपाईंको सपना पूरा गर्ने हाम्रो प्रतिबद्धता अटल छ।”, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement