भारतीय प्रधानमन्त्री मोदीको भुटान भ्रमण स्थगित

भारतीय प्रधानमन्त्री मोदीको भुटान भ्रमण स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमण स्थगित भएको छ।

भुटानको पारो विमानस्थलमा प्रतिकुल मौसमी अवस्थाका कारण मोदीको आजदेखि हुने भनिएको राजकीय भ्रमण स्थगित भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

भारतीय विदेश मन्त्रालयले विज्ञप्ति निकालेर नयाँ मिति दुबै पक्षले कुटनीतिक माध्यमबाट तय गर्ने जनाएको छ। ‘पारो एयरपोर्टमा जारी प्रतिकुल मौसमका कारण, प्रधानमन्त्री मोदीको मार्च २१ र २२ मा भुटानको राजकीय भ्रमण गर्ने पारस्परिक निर्णय स्थगित भएको छ’ विज्ञप्तिमा लेखिएको छ।

भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले गत हप्ता भारतको पाँच दिने भ्रमण गरेका थिए। भुटानमा भएको चौथो चरणको निर्वाचनबाट दोस्रो पटक प्रधानमन्त्री बनेका तोब्गेले पहिलो विदेश यात्रा भारतको गर्नु भएको थियो। उनले समकक्षी मोदीलाई भुटान भ्रमणको निम्तो दिए पनि विमानस्थलको प्रतिकूल मौसमको कारण देखाउँदै अघिल्लो दिन मात्रै भ्रमण स्थगित भएको हो।