पाकिस्तानलाई मोदीको चेतावनी : युद्धविराम भए पनि अन्त्य भएको छैन

पाकिस्तानलाई मोदीको चेतावनी : युद्धविराम भए पनि अन्त्य भएको छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको सैन्य र आतंककारी अड्डाको आक्रमण स्थगन भए पनि अन्त्य नभएको चेतावनी दिएका छन् ।

सोमबार देशवासीलाई सम्बोधन गर्दै उनले अबको पाकिस्तानी कदम हेरेर आगामी कार्यक्रम तय हुने बताए । शनिबार २ देशको युद्धविरामपछि मोदीले देशवासीलाई सम्बोधन गरेका छन् ।

मारिएका आतंककारीहरूको शवयात्रामा पाकिस्तानी सेनाका अधिकारी सरिक भएको आरोप लगाउँदै मोदीले राज्य प्रायोजित आतंकवादको नमूना त्यहीँ भएको दाबी गरे । उनले युद्धका हरेक मोर्चामा पाकिस्तानलाई धुलो चटाएको दाबी गरेका छन् ।

पाकिस्तानसँगको वार्तामा पाकिस्तानको कब्जाको कश्मीर र आतंकवादबाहेक अरुमा नहुने भन्दै मोदीले बुद्ध पूर्णिमाको सन्दर्भ जोड्दै भने, ‘शान्तिको बाटो पनि शक्तिले तय गर्छ ।’