नेपालको नयाँ सरकारसँग मिलेर समृद्धि हासिल गर्न भारत सदैव प्रतिबद्ध छ : नरेन्द्र मोदी

नेपालको नयाँ सरकारसँग मिलेर समृद्धि हासिल गर्न भारत सदैव प्रतिबद्ध छ : नरेन्द्र मोदी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई हार्दिक बधाई दिएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश जारी गर्दै प्रधानमन्त्री मोदीले नेपाली दिदीबहिनी र दाजुभाइहरूले लोकतान्त्रिक अधिकारको उत्साहजनक प्रयोग गरेको देख्दा निकै खुसी लागेको बताए ।

नेपालको निकटतम छिमेकी र मित्रराष्ट्रको नाताले भारत नेपालको विकास र स्थिरताको पक्षमा रहेको उल्लेख गर्दै मोदीले लेखेका छन्, ‘नेपालका जनता र त्यहाँ बन्ने नयाँ सरकारसँग मिलेर साझा शान्ति, प्रगति र समृद्धि हासिल गर्न भारत सदैव प्रतिबद्ध छ ।’