मोदीको आगमनको पूर्वतयारीका लागि भारतीय वायुसेनाको विमान भैरहवामा अवतरण

मोदीको आगमनको पूर्वतयारीका लागि भारतीय वायुसेनाको विमान भैरहवामा अवतरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय वायुसेनाको विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जयन्तीका दिन गर्ने लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपिजी (स्पेशल प्रोटेक्सन गार्ड) लिएर उक्त विमान भैरहवा अवतरण गरेको हो ।

भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ ले कुटनीतिक उडान गरेको हो । दिल्लीबाट सोझै भैरहवा आएको उक्ते विमानमा एसपिजीको टोली आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर साहले जानकारी दिए ।

भारतीय प्रधानमन्त्री मोदी यहि जेठ २ गते लुम्बिनी भ्रमणमा आउँदैछन् । उनको भ्रमणपूर्व सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी लुम्बिनी आइपुगेका हुन् । उनीहरुलाई छोडेर विमान आजै फिर्ता जाने विमानस्थलका प्रवक्ता साहले जानकारी दिए ।

मोदीलाई लुम्बिनीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गर्ने कार्यक्रम छ । मोदी चार वर्षपछि नेपाल आउन लागेका हुन् । यसअघि सन् २०१८ मा उनले नेपाल भ्रमण गरेका थिए ।