भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना विरुद्धको खोप

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना विरुद्धको खोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

उनले आज बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् । उनले आफुले कोरोना विरुद्धको खोप लगाएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको हो ।

भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘आउनुहोस् मिलेर भारतलाई कोभिड–१९ बाट मुक्त बनाऔं ।’

मोदीले भारतका डाक्टर र वैज्ञानिकहरुले कोभिड–१९ विरुद्धको लडाइँलाई मजबुत बनाउन तीव्र रुपमा काम गरिरहेको भन्दै प्रशंसा पनि गरेका छन् ।