काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ । भारतको उत्तर प्रदेश राज्यको प्रयागराजमा आयोजना हुन लागेको कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटी कार्यक्रममा सहभागी हुन देउवा भारत जाने तयारीमा थिए ।
भारत भ्रमणको क्रममा देउवाले महाकुम्भमा स्नान गर्ने र त्यहाँबाटै नयां दिल्ली जाने कार्यक्रम थियो । सभापति देउवाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस.जयशंकरसंग समेत भेट्न खोजेका थिए । तर, तिनै जनासंगको भेटवार्ता नमिल्ने भएपछि देउवाले कार्यक्रम रद्द गरेको स्रोतको दावी छ ।
नेपाली कांग्रेस नेतृत्व र सत्तारुढ विजेपी नेतृत्वबीचको सम्बन्ध पछिल्ला दिनमा चिसिएको चर्चा भइरहेको बेला देउवाको भ्रमण रद्द हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको समेत लामो समयदेखि भारत भ्रमण हुन सकेको छैन । सभापति देउवा पत्नी तथा परराष्ट्रमन्त्री डा.आरजु राणाले पनि भारतमा चलिरहेको कुम्भ मेलामा सहभागी हुन देउवा त्यसतर्फ जाने लागेको बताएकी थिईन । सभापति देउवा आज चार बजे एयर इण्डियामार्फत भारत जाने तयारीमा थिए ।




प्रतिक्रिया