अतीत सम्झेर मुक्तिनाथमा भावविभोर मोदी

अतीत सम्झेर मुक्तिनाथमा भावविभोर मोदी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रसिद्ध धामिकस्थल मुक्तिनाथ मन्दिरको पूजा गर्ने क्रममा आफू मुक्तिना पहिले नै आएको खुलासा गरेका छन्।

मुक्तिनामा पूजाका लागि जाने क्रममा कसैसँग प्रतिक्रिया नदिएका मोदीले मन्दिरभित्र पूजा गर्ने क्रममा भने पुजारीसँग आफू युवा अवस्थामा नै मुक्तिनाथआएको खुलासा गरेका हुन्। पूजा गर्ने क्रममा मन्दिरको मूर्तिभन्दा तल रहेको गर्भगृहका बारेमा पुजारी कृष्णप्रसाद सुवदीले वर्णन गर्ने बेला उल्टै पुजारीलाई आफू त्यहाँ आउँदा देखेको करा बर्णन गरेका हुन्।

‘मले पूजा गराउने क्रममा गर्भगृहलगायतका विषयमा वर्णन गर्दै थिउँ’ पुजारी सुवेदीले भने ‘उल्टै उहाँले मलाई वर्णन गरिदिनुभयो’। मोदीले आफू २०–२२ वर्षको उमेरमा मुत्तिःनाथ आएको र अहिले धेरै परिवर्तन भएको सुनाउनुभएको थियो।

‘मन्दिरमा रहेको शालिग्राम खण्ड रगर्भगृहमा पहिले पानी बग्ने गरेको, शालिग्रामहरु यस्तो अवस्थामा रहेको भनेर पुराना दिन स्मण गर्नुभयो’ पुजारी सुवेदीले भने। नेपाल समाचारपत्रमा खबर छ ।