काठमाडौं- आजबाट नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कृषि र वाणिज्यका महत्वपूर्ण विषयमा छलफल हुनेछ। सरकारले कृषिका आधा दर्जन विषयमा भारतीय समकक्षीसँग छलफल गर्नेछ।
वाणिज्यतर्फ नेपाल–भारत अन्तरसरकारी समिति (आईजीसी)मा उठेका प्रमुख एजेन्डालाई समावेश गर्ने तयारी भएको छ। भारतसँग बढ्दो व्यापार घाटा न्यूनीकरण गर्ने विषयमा भारतीय टोलीसँग छलफल हुने वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले बताए। ‘यसबाहेक आईजीसी बैठकले सहमति जनाएको व्यापार तथा पारवहन सन्धिमा पुनरवलोकन र परिमार्जन र नवीकरणका विषयमा पनि छलफल हुनेछ’, उनले भने।
आईजीसी बैठकका निष्कर्षमै छलफल केन्द्रित हुने सचिव घिमिरेले बताए। ‘भारतसँगको व्यापार घाटा कसरी कम गर्ने भन्ने विषयमा राजनीतिक रूपमा छलफल गर्ने विषय उच्च प्राथमिकतामा परेको छ’, उनले भने। मोदी भ्रमणका क्रममा वाणिज्यका तर्फबाट कोलकाता बन्दरगाहको अवरोध हटाउने, स्वचालित भन्सार पास र जलमार्गको बाटो र बिन्दुको अध्ययन विषयमा पनि छलफल तय भएको मन्त्रालयले जानकारी दिएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।




प्रतिक्रिया