भारतीय प्रधानमन्त्री मोदी जेठ २ मा नेपाल आउने


काठमाडौँ– प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । बुद्धजयन्तीका अवसरमा भारतिय प्रधानमन्त्री मोदी जेठ २ गते लुम्बिनी आउने कार्यक्रम रहेको स्रोतको दावी छ ।

प्रधानमन्त्री मोदीको भ्रमणलाई दुवै देशले गोप्य राखेपनि उनि बुद्ध पूर्णिमाका अवसरमा लुम्बिनी आउने तय भइसकेको स्रोतले दावी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको बेला उनले भारतिय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

प्रधानमन्त्री मोदी पहिलो पटक प्रधानमन्त्री हुंदा तीन पटक नेपाल भ्रमण गरेपनि दोस्रो पटक प्रधानमन्त्री भएपछी भने अहिलेसम्म उनको नेपाल भ्रमण हुन सकेको छैन । प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्रीबीच लुम्बिनीमै भेटवार्ता हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement