काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोश्रो कार्यकालको सपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली जाने भएका छन् ।
मोदीले आफ्नो सपथमा सार्क र विम्स्टेक राष्ट्रका सरकार प्रमुखलाई निम्त्याउने भएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई मोदीको सपथको निम्तो प्राप्त भइसकेको छ । ओली मोदीको सपथमा जाने तयारीमा जुटिसकेको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार ओली जेठ १६ गते दिल्ली जानेछन् । सोही दिन मोदीको सपथग्रहण छ । सन् २०१४ मा मोदीको पहिलो कार्यकालको सपथ ग्रहणमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए ।




प्रतिक्रिया