चीनमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेट

चीनमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेट भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले ओलीसँग भेट भएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

मोदीले लेखेका छन्, ‘थियानजिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्दा खुसी लाग्यो । भारत र नेपालको सम्बन्ध गहिरो र अत्यन्त विशेष छ ।’