भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास हैदरावाद हाउसमा भएको आधा घन्टाको भेटमा विकास र समृद्धिमा साथ साथ बढ्नेबारे छलफल भएको छ । मोदीले सबको साथ सबको विकासलाई छिमेकसँगको सम्बन्धमा पनि लागू गरिरहेको उल्लेख गर्दै मिलेर विकास र समृद्धिमा अगाडि बढ्नुपर्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको उद्देश्यसहित आफू अगाडि बढिरहेको अवस्थामा विकास र समृद्धिमा भारतको साथप्रति धन्यवाद व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीका परराष्ट्र मामला सल्लाहकार डा. राजन भट्टराईले दुवै नेताले द्विपक्षीय सम्बन्ध सुमधुर भएकोमा खुशी व्यक्त गरेका थिए । जनस्तर र राजनीतिक स्तरमा समेत सम्बन्ध अझ सुमधुर भएकोमा नेताद्वयले सन्तुष्टि व्यक्त गरेको भट्टराईले जानकारी दिए ।

दुवै नेताबीच सम्बन्ध अझ प्रगाढ बनाउन राजनीतिक र कर्मचारी तहमा भ्रमण र समन्वय बढाउँदै लाने सहमति भएको छ । पछिल्ला दिनमा राजनीतिक र प्रशासनिक तहमा भएको भेटघाटले सम्बन्ध सुमधुर बनाउनेतर्फ प्रगति हासिल भएकोमा दुवै नेताले सन्तुष्टि व्यक्त गरेका थिए ।

भेटमा प्रधानमन्त्री ओलीले सानदार जीतसहित पुनः प्रधानमन्त्री बन्न सफल भएकोमा मोदीलाई बधाई दिएका थिए । मोदीको आगामी कार्यकालको सफलताको कामना गरेका थिए । सपथग्रहण समारोहमा निम्तोलाई स्वीकारेर भारत भ्रमणमा आएकोमा मोदीले ओलीलाई धन्यवाद व्यक्त गरेका थिए ।

भेटको शुरुमै ओलीले मोदीलाई रुद्राक्ष लगाइदिनुका साथै पशुपतिको चन्दन दिएका थिए । नेपाल भ्रमणका लागि मोदीलाई निम्तो समेत दिएका थिए । जवाफमा मोदीले नेपाललाई देवभूमि भन्दै पुनः आउने वचन दिएका थिए । पहिलोपटक प्रधानमन्त्री बन्दा मोदीले पहिलो विदेश भ्रमण भुटानबाट शुरु गरी दोस्रो विदेश भ्रमणमा नेपाललाई रोजेका थिए ।