मोदी पहिरो : बेपत्ता दम्पति मध्ये पुरुषको शव भेटियो

मोदी पहिरो : बेपत्ता दम्पति मध्ये पुरुषको शव भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा घरमाथिबाट आएको पहिरोमा पुरिएका एक दम्पतिमध्ये पुरुषको शव फेला परेको छ।

भारी वर्षासँगै आएको पहिरोले घरको एकापट्टीको भित्तो भत्किएर पुरिँदा घरमै रहेका ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ बर्षीया विष्णुमती बिक बेपत्ता भएका थिए। स्थानीयले उनीहरुको खोजी थालेको भए पनि छविलालको शव पहिरोस्थलमा नै फेला परेको हो।

उद्धारका लागि मोदी गाउँपालिकाको डिमुवाबाट परिचालन भएको प्रहरी टोली समेत घट्नास्थलमा पुगेर बेपत्ता विष्णुमतिको खोजी गरिरहेको छ। शनिबार रातिदेखि नै भइरहेको अविरल वर्षाका कारण उद्धारमा समेत कठिनाइ भइरहेको छ।

उद्धारको लागि जिल्ला प्रहरी कार्यालय पर्वत र डिमुवा प्रहरी चौकीबाट प्रहरीको थप जनशक्ति परिचालन भएको भए पनि घट्ना भएको गाउँमा पुग्ने सडक अवरुद्ध हुँदा समस्या भएको छ। सहजै सवारी चलेको अवस्थामा पनि मोदी गाउँपालिकाको केन्द्र पातिचौरबाट एक÷डेढ घण्टाको समय लाग्ने सडक खण्ड अवरुद्ध बनेको छ।

सोही घरमा रहेकी छविलाल दम्पतिकी बुहारी ३२ वर्षिया पवित्रा बिकले भने भागेर ज्यान बचाएकी छिन्।

शनिवार रातीदेखि पर्वत लगायत आसपासका क्षेत्रमा भारी तथा अति भारी वर्षा भइरहेको छ। यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ।