मोदी र पुटिनको वार्तापछि ३३ फाइटर जहाज खरिद गर्ने सम्झौता, चीनसंग तनाव बढ्ने संकेत


एजेन्सी– भारत सरकारले रसियाबाट ठुलो संख्यामा लडाकु विमान खरिद गर्ने निर्णय गरेको छ । चीन र भारतबीच लद्दाखमा तनाव वढेसंगै भारतले आफ्नो वायुसेनाको क्षमता बढाउन रसियाबाट ३३ फाइटर जहाज खरिद गर्ने निर्णय गरेको हो ।

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र रसियाका राष्ट्रपति भ्लादिमीर पुटिनवीच बिहिवार टेलिफोन वार्ता भएको छ । भारतिय प्रधानमन्त्री मोदीले द्धितिय विश्व युद्धमा जीतको ७५ औ वर्षगाठं र २०३६ सालसम्म राष्ट्रपति निर्वाचित भएकोमा पुटिनलाई बधाई दिएका छन् । रुसी राष्ट्रपतिले भारत र रुसबीच सामरिक सम्बन्ध आगामी दिनमा अझै मजबूत बन्ने बताएको भारयित संचारमाध्यमहरुले जनाएका छन् ।

दुवै नेताहरुको फोनवार्तापछि दुवै देशबीच रक्षा सम्झौताको जानकारी दिइएको हो । भारतिय रक्षा मन्त्रालयले ३३ फाइटर जेट खरिद गर्ने घोषणा गरेको छ । यसका लागी १८ हजार १ सय ४८ करोड रुपैया लाग्ने भारतले जनाएको छ । भारतले रसियाबाट खरिद गर्नेमा १२ सुखोई–३० लडाकु विमान र मिग –२९ विमान सामेल छन् । यसका साथै ५९ मिग २९ लाई समेत अपग्रेट गरिनेछ ।

रक्षा मन्त्रालयले २४८ एयर मिसाइल समेत खरिदको लागी अनुमती दिएको छ । यो मिसाइल एयर फोर्स र नेभी दुवैलाई काम लाग्नेछ । यसका साथै डिआरडीओद्धारा बनाइएको एक हजार किलोमीटर दुरी वाला क्रुज मिसाइलको डिजाइनको अनुमति समेत दिइएको जनाइएको छ ।

रक्षामन्त्रालयकाअनुसार रक्षा अधिग्रहण परिषदले कुल ३८,९०० करोडको प्रस्तावको अनुमति दिएको छ । यसमा ३१ हजार करोड भारतीय उद्योगबाट हुनेछ । यो पैसाबाट पिनाक रकेट लन्चरको गोला बारुद समेत खरिद गरिनेछ । त्यसका साथै लडाकू बाहनको अप्रेडिंग समेत गर्ने तयारी छ । चीनसंग तनाव बढेसंगै भारतले फ्रान्सबाट ६ राफेल विमान ल्याउंदैछ । यसको पहिलो खेप २७ जुलाईमा भारत पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement